तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुट

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७०% र लकर कि डिपोजिटमा ५०% सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा आदरणीय ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन ।

यसका साथै ग्राहाकको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आईरहेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।