नेपाल धितोपत्र बोर्डको भदौ ५ गते आइतबार बसेको सञ्ंचालक समितिको बैठकले घटाएको सि–आश्वा शुल्क खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओबाटै लागू हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीका अनुसार निर्देशिकामा भएको तेस्रो संसोधनपछि निष्काशन हुने सबै आईपीओमा सो व्यवस्था लागू हुने भएकाले खप्तड लघुवित्तको आईपीओमा पनि संसोधित व्यवस्था लागू हुने बताए ।
यससँगै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा पाँच रुपैयाँभन्दा बढी शुल्क असुल्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको विसं २०७९ भदौ ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन गर्दै उक्त व्यवस्था लागू गरेको हो । बैठकले उक्त संसोधन सोही मितिदेखि लागू गर्ने निर्णय गरेको थियो ।
नयाँ संसोधनपछि बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ । यसभन्दा अघि बढीमा १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था थियो । धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधनपछि बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई २ रुपैयाँ बुझाउनु पर्ने व्यवस्था गरिएको छ । यसअघि यस्तो व्यवस्था प्रति दरखास्त १० रुपैयाँ थियो ।

यस्तै धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदाय (सिडीएससी) ले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा बैैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको गरिएको छ । यसअघि यस्तो सेवा वापत दुई रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेमा व्यवस्था थियो ।
सार्वजनिक निष्काशन भएको धितोपत्रको खरिद प्रक्रियालाई स्वच्छ, पारदर्शी, छिटो छरितो तथा मितव्ययी बनाउन धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ लागू भएकोमा हाल धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि हुदै आएको देखिन्छ ।
धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्ता मैत्री बनाउँदै सोमा लाग्ने सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेको र परिमार्जन गर्न सुझाव प्राप्त भएको सन्र्दभमा बोर्डले शुल्क घटाएको जनाएको छ । धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय वृद्धि भएपनि बैंक तथा वित्तीय संस्थाहरुले भने लगानीकर्ताबाट सार्वजनिक निष्काशनमा मनलाग्दी रुपमा बढाएर शुल्क उठाउन थालेपछि त्यसको विरोध भएको थियो । कयौं पटकसम्म भर्दापनि आईपीओ नपर्ने तर शुल्क भने हरेक आईपीओ खुलेपछि बैंक खाताबाट काटिँदा लागत बढेको भन्दै आलोचना हुँदै आएको थियो ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । जसमा १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि भदौ १२ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । मेरो सेयर मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया