नारायणी डेभलपमेन्ट बैंकले तेस्रो पटक हकप्रद बिक्री गर्ने, बोर्डमा दियो आवेदन

0
Shares

नारायणी डेभलपमेन्ट बैंकले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले १ः१ को अनुपातमा सेयरधनीहरुलाई प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

बैंकले हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

चितवमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “ख” वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड रुपैयाँ र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ छ।

हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

यसअघि दुई पटक शतप्रतिशत हकप्रद बिक्री गरेर सेयरधनीलाई लगानी थप्न लगाएको यस बैंकले फेरि एक पटक शतप्रतिशत हकप्रद जारी गरेर रकम उठाउने भएको हो ।

बैंकले यसअघि २०७८ पुस ७ देखि माघ १२ गतेसम्म एक बराबर एक अनुपातमा १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको हकप्रद सेयर बिक्री गरेको थियो ।सोभन्दा अघि २०७७ माघ १३ देखि फागुन ३ गतेसम्म पनि बैंकले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँको हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

बैंकको गत असार ८ गते सम्पन्न विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रद बिक्री गरेपति बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । हकप्रदपछि राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड चुक्ता पूँजी कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।