तीन सय करोडमा निर्माण गरिएको नोइडाका ट्वीन टावर १० सेकेन्डमै ध्वस्त !

0
Shares

भारतको नोइडा स्थित निर्माणाधीन ट्वीन टावर (एपेक्स र केयन) लाई १० सेकेन्डमै ध्वस्त पारिएको छ ।

कुल तीन सय करोड भारुमा निर्माण गरिएका उक्त विल्डीङहरुले निर्माण मापदण्ड पालना नगरेकोमा सर्वोच्च अदालतले गतवर्षको अगस्ट महिनामा नै भत्काउने आदेश जारी गरेको थियो ।

विल्डीङहरु निर्माण गर्दा आवश्यक न्यूनतम दूरीको नियम उल्लङ्घन गरिएको र यूपी अपार्टमेन्ट ऐन अन्तर्गत फ्ल्याट मालिकहरुको सहमति बिना नै अवैध रुपमा संरचना तयार गरिएका कारण सर्वोच्चले भत्काउने आदेश दिएको थियो ।

७.५ लाख वर्गफीटमा निर्माण गरिएका उक्त भवनहरुमा कुल ९१५ फ्ल्याटहरु रहेका थिए जस अन्तर्गतका ६३३ फ्ल्याटहरुको बुकिङ भइसकेको थियो । एउटा ३ बीएचके फ्ल्याटको भाडा १.१३ करोड निर्धारण गरिएके थियो र ६३३ वटा फ्ल्याटबाट १८० करोड संकलन भएको थियो ।

भवनहरु भत्काउन २० करोड बराबरको विस्फोटक पदार्थको प्रयोग गरिएको थियो । भवनहरु भत्काउन ३७ सय किलोग्राम डाइनामाइट, इमुल्सन्स र प्लास्टीक एक्सप्लोसिजप्सको प्रयोग गरिएको छ ।

उक्त भवनहरुलाई सुपरटेक लिमिटेड कम्पनीको स्वामीत्वमा निर्माणाधीन थिए भने भत्काउने काम एडिफीस इन्जीनियरिङ कम्पनीले गरेको छ ।

उक्त भवनहरु भत्काउने समयमा विशेष सावधानी अपनाइएको छ । भवनहरु भत्काउदा भएको क्षतिको लागि एडिफीस इन्जीनियरिङ कम्पनीले १०० करोड बराबरको बीमा गरेको छ । यसका साथै भवनहरु भत्काउने दिन अघि नै उक्त क्षेत्रका बासिन्दाहरुलाई सुरक्षीत क्षेत्रमा सारिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।