सरकारले ३ अर्बको ट्रेजरी बिल्स नवीकरण गर्दै

0
Shares

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ९१ दिने ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्ने भएको छ ।

सरकारले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको अल्पकालिन ऋणपत्रलाई नवीकरण गर्न लागेको हो ।

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट ६४ अर्ब सम्म स्थायी तलता सुविधा अन्तर्गतको सापट प्रयोग गरेका छन् ।

आइतबार मात्र बैंक वित्तीय संस्थाले ६४ अर्ब ४९ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा सापट लिएका छन् ।

बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि नै नेपाल राष्ट्र बैंकबाट सापट लिइरहेको अवस्थामा सरकारले पुरानो ट्रेजरी बिल्सको भुक्तानी नदिइ नवीकरण गर्दा बैंकिङ प्रणालीमा आउन सक्ने पैसा रोकिने भएको हो ।

सरकारले भदौ १३ गते ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्न लागेको हो ।

सरकारले यसभन्दा अघि भदौ ६ गते २ अर्ब २३ करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो । उक्त ट्रजरी बिल्सकोे औसत डिस्काउन्ट रेट ९.०८९१ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।