तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री आज

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ९१ दिने ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्न लागेको हो ।

केन्द्रीय बैंकले यसअघि नै जारी गरेको उक्त ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट ६४ अर्ब सम्म स्थायी तलता सुविधा अन्तर्गतको सापट प्रयोग गरेका छन् । आइतबार मात्र बैंक वित्तीय संस्थाले ६४ अर्ब ४९ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा सापट लिएका छन् ।

बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि नै नेपाल राष्ट्र बैंकबाट सापट लिइरहेको अवस्थामा सरकारले पुरानो ट्रेजरी बिल्सको भुक्तानी नदिइ नवीकरण गर्दा बैंकिङ प्रणालीमा आउन सक्ने पैसा रोकिने भएको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिल खरिदका लागि आज सोमबार दिउँसो ३ बजेभित्र बोलकबोल गरिसक्नुपर्नेछ । भदौ १४ गते जारी हुने ट्रेजरी बिल २०७९ मंसिर १३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल खरिका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत बोलकबोल गर्न सक्नेछन् ।

सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग बोलकबोल आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ ।सरकारले यसभन्दा अघि भदौ ६ गते २ अर्ब २३ करोड रुपैयाँ बरावरको ९१ दिने ट्रेजरी बिल्स निष्कासन गरेको थियो । उक्त ट्रजरी बिल्सकोे औसत डिस्काउन्ट रेट ९.०८९१ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।