बैंक वित्तीय संस्थालाई नै बिक्री गर्दा बढ्यो ट्रेजरी बिल्सको डिस्काउन्ट रेट

0
Shares

नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण उठाउनका लागि जारी गर्ने ट्रेजरी बिल्सको ब्याजदर समान्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंक आफैले खरिद नगरी बैंक वित्तीय संस्थालाई बिक्री गर्दा ब्याजदर बढेको हो ।

सोमबार निष्कासन भएको भएको ट्रेजरी बिल्स बैंक वित्तीय संस्थाले ०.०७ प्रतिशतको विन्दुले वृद्धि भएको हो । केन्द्रीय बैंकले निष्कासन गरेको ३ अर्ब १३ करोड रुपैयाँ बरावरको टे«जरी बिल्समा ९ अर्ब ६९ करोड ५० लाख रुपैयाँको बोल आवेदन परेको थियो ।

यसभन्दा अघिका दुई पटक निष्कासन भएका ट्रेजरी बिल्समा बैंक वित्तीय संस्थाले दोहोरो अंकको ब्याजदर माग गरेपछि नेपाल राष्ट्र बैंक आफैले खरिद गरेको थियो । तर, सोमबार बोल भएको टे«जरी बिल्स भने बैंक वित्तीय संस्थालाई नै बिक्री गरिएको छ ।

सोमबार ३ अर्ब १३ करोड रुपैयाँ बरावरको टे«जरी बिल्सका लागि २० बैंक वित्तीय संस्थाले १०२ बोल आवेदन मार्फत ९ अर्ब ६९ करोडका लागि आवेदन दिएका थिए । त्यसमा आवेदक बैंक वित्तीय संस्थाले अधिकतम ९.३००१ र न्यूनतम ९.८९३४ प्रतिशत डिस्काउन्ट रेटक माग गरेका छन ।

यसको औसत डिस्काउन्ट रेट ९.०९०४ प्रतिहत कायम भएको छ । यसभन्दा अघिको ९१ दिनको टे«जरी बिल्सको औसत डिसकाउन्ट रेट ९.०२४६ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।