हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर बनेको छ । तिजको मुखमै सस्तिँदै गएको सुनको भाउ आज भने बढेको हो ।
सोमबार सुन तोलामा थप ६०० रुपैयाँ तथा आइतबार ७०० रुपैयाँ र चाँदी सोमबार र आइतबार दुबै दिन १५-१५ रुपैयाँले सस्तिएको थियो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० तोकिएको छ । अघिल्लो दिन सोमबार ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थीर रहँदै १ हजार १४५ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नकिँदै गर्दा यहि समयमा सुनको भाउ निरन्तर घट्दो क्रममा देखिएको छ नेपाली समाजमा सुनलाई परापूर्व कालदेखि नै ठूलो महत्व दिँदै आएको पाइन्छ । धार्मिक कार्यदेखि पैसा कमाएको समयमा सुन जोड्ने र असजिलो परेको बेला त्यहि सुन बिक्री गरी गर्जो टार्ने वा धितोबन्धक राखि काम चलाउने गरेको पाइन्छ ।
विशेषत महिलाहरुले तिजको समयमा आफ्नो गच्छे अनुसार नयाँ नयाँ गरगहना समेत जोड्ने गर्दछन् । यहि समयमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घटिरहेकाले सुन खरिद गर्न चाहनेलाई मूल्य घट्दा सस्तो भाउमा खरिद गर्न अवसर प्राप्त भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भाउ घट्न थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३५ डलर तथा चाँदी प्रतिऔंस १८।.७ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया