आयात प्रतिस्र्थापन गरी कृषि जन्य वस्तुको निर्यात बढाउने लक्ष्यका साथ तीन कम्पनीबीच साझेदारी सम्पन्न भएको छ । सोमबार तीन पक्षबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो ।
नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हाइलाइफका उत्पादनहरु अझै वृद्धि गरी आम उपभोक्ता माझ पुर्याउने र विदेशमा समेत निर्यात बढाइने लक्ष्यका साथ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र बिग इण्डस्ट्रिज लिमिटेडले साझेदारी गरेका हुन् ।

सम्झौता पत्रमा हाइलाइफ फुड्सका प्रबन्ध निर्देशक प्रशान्त घिमिरे, बिग इण्डष्ट्रिजको तर्फबाट अम्बिकाप्रसाद पौडेल र हाथवेको तर्फबाट योगेश्वर शर्मा ढकालले हस्ताक्षर गरेका छन् । त्रिपक्षीय साझेदारीपछि हाइलाइफमा अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा विशेष समिति गठन भएको छ । विशेष समितिको सदस्यमा प्रशान्त घिमिरे र सन्दिप शाह रहेका छन् ।
हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयानि, ग्रीन टि लगायतका वस्तुहरु देशव्यापी नेटवर्क मार्फत बजारमा उपलब्ध रहेका छन् ।
दुई प्रतिष्ठित व्यावसायिक समूहको आबद्धतासँगै आफूहरुलाई थप ऊर्जा मिलेको हाइलाइफ फुड्सका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले बताए । हाइलाइफ फुड्सले आगामी दिनमा हाइलाइफका उत्पादन अझै बढी वृद्धि गरी आम उपभोक्ता माझ प¥याउने र विदेशमा समेत निर्यात बढाइने उनको भनाई छ ।
बिग इण्डष्ट्रिजका अम्बिकाप्रसाद पौडेलले कृषि उत्पादन बढाउन र नेपाललाई यस्ता उत्पादनमा आत्मनिर्भर बनाउन हाइलाइफसँग साझेदारीले महत्वपूर्ण योगदान पुग्ने बताए । पौडेलले हाइलाइफ फुड्सले आगामी दिनमा आईपीओ समेत निष्काशन गर्ने बताए ।
बुटवलबाट उदाएको हाइलाइफ समूह पछिल्ला केही वर्षदेखि काठमाडौंमा कर्पोरेट कार्यालय खोली बजार विस्तारमा केन्द्रित रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया