एमबान स्पोटर्स मिट २०२२ आयोजना हुने


नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा एमबान स्पोटर्स मिट २०२२ आयोजना हुने भएको छ ।

“टुगेदर फर अ हेल्दी लाइफ” भन्ने नारासहित पहिलो पटक “एमबान स्र्पोट्स मिट २०२२” अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागीएको एशोसिएसिनले जनाएको छ ।

प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । भदौ १७ र १८ गते काठमाण्डौंको भत्केको पुलस्थित धनवन्तरी फुटसलमा प्रतियोगिता हुने एशोसिएसनले जनाएको छ ।

प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्थाहरु साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायहरु समेत सहभागी हुनेछन् ।

प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्र्पधा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहि संचालन हुनेछन् ।

फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता तथा कार्यक्रमको समापन भने भदौ २४ र २५ गते चन्डोलस्थित ढुकु फुटसल हवमा आयोजना हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।