सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर

0
Shares

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् ।

मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यू आरबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन।

यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।