
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से २१.९७ अंकले घटेर एक हजार ९ सय ७३ दशमलब ३८ विन्दुमा झरेको छ ।
बुधबार नेप्से सूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा एक अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबारको बजारमा कारोबारमा आएका कम्पनीमध्ये १५ वटाको सेयरमूल्य बढेको छ भने १६८ वटाको घटेको छ । यस्र्त ४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
यस दिन कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक रहे । बुधबार बैंकिङ समूहको ०.५३ प्रतिशत, ब्यापार समूहको १.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.८४ प्रतिशत, हाइड्रोपावरको समूहको २.१७ प्रतिशत, फाइनान्स समूहको २.४२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.६१ प्रतिशत, अन्य समूहको १.१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.४७ प्रतिशत, जीवन बीमा समूहको १.४७ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.०२ प्रतिशत, म्युचुअल फण्डको ०.७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले शेयर मूल्य घटेको हो ।
नेप्से ओरालो लागे पनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, आरबिबि म्युचुअल फण्ड १ को १.९७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको १.९४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको १।६१ प्रतिशतले बढेको हो ।
यस दिन हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया