आयात प्रतिबन्ध लगाइएका वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकको निर्देशन

0
Shares

नेपाल राष्ट्र बैंकले आयात प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

सरकारले भदौ १४ गते सम्म १० वस्तुहरूको आयात पूर्ण रुपमा बन्देज लगाएकोमा गत मंगलबारदेखि ६ वस्तुको आयात खुला गरी ४ वस्तुको आयात प्रतिबन्धलाई निरन्न्तरता दिएको हो । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ।

उच्च आयातका कारण विदेशी विनिमय सञ्चिति दबाब परेपछि सरकारले आयात नै नियन्त्रणको नीति अवलम्बन गरेको थियो । सोही नीतिलाई निरन्तर दिदै सरकारले आगामी असोज २८ गते सम्म गाडी, मोबाइल, मदिरा र १५० सीसी क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी वस्तुरुहको प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन दिएको हो ।

सरकारले केहिदिन अघि राजपत्रमा सूचना प्रकाशन गर्दै रङ्गीन टीभी, कुरकुरे, हिरा, खेलौना, तास तथा चुरोट रहेको प्रतिबन्ध भने हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती वस्तुहरूको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

विदेशी मुद्रा सञ्चिति बढाउन चार महिनाअघि विलासिताका १० वस्तुको आयात बन्देज गरेको सरकारले व्यापारीसँगको सौदाबाजीमा अनावश्यक केही सामग्रीको आयात खुलाएको हो ।

अर्थतन्त्र नाजुक बन्दै गएपछि सरकारले गत वैशाख १३ मा राजपत्रमा सूचना निकालेर विलासिताका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर यसै साता विलासिताका रूपमा रहेका ६ वस्तुको आयात खुलागरी ४ वस्तुको बन्देजमा निरन्तरता दिइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।