डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोल र एलपी ग्यासको यथावत

0
Shares

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार भाउ बढाएर पठाएपछि निगम सञ्चालक समितिको बैठकले नेपालमा पनि बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ७८ र मट्टीतेल १ सय ७८ पर्नेछ ।

त्यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।मूल्य समायोजनपश्चात् निगमलाई १५ दिनमा ३० करोड ५२ लाख नोक्सान हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७९, बिहिबार  २२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।