बैंकहरुको पनि बैंक नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुला भएको छ । केन्द्रीय बैंकमा विभिन्न पदमा एकैपटक ४३ जनाको लागि रोजगारीको अवसर खुला गरेको हो ।
बैंकले रिक्त रहेको सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा पदपूर्तिका लागि जागिर खुलाएको हो । योग्यता पुगेका नेपाली नागरिकले भदौ १७ गते शुक्रबारदेखि असोज ६ गते बिहीबारसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकमा रिक्त रहेका ती पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूले अनलाईन दरखास्त फाराम भर्न बैंकले आह्वान गरेको हो ।
बैंकले तोकेको अनलाईन फाराममा भर्नुपर्ने सम्पूर्ण विवरण भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा सम्बन्धित निकाय-संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो स्क्यान र एट्याच्ड गरी तोकिएको दस्तुर तिरेर मिति २०७९ असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर २०७९ असोज १३ गतेसम्म अनलाईन दरखास्त पेश गर्न सक्नेछन् ।
मिति २०७९ असोज ६ गतेभन्दा अगाडि जारी भएका शैक्षिक योग्यताको प्रमाणपत्र (समकक्षता आवश्यक पर्नेमा सो समेत) मात्र मान्य हुने सूचनामा उल्लेख छ । म्यादभित्र दाखिला नभएको र रित नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी अनलाईन दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्ने सूचनामा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया