७० करोडको कारोबार हुँदा सेयर बजार सुस्त, फ्लोटमा वृद्धि


पछिल्ला दिनमा सुस्त बनेको सेयर बजार शुक्रबार झिनो अंकले ओरालो लागेको छ ।

२ घण्टा मात्र खुलेको बजार सुधारिए पनि अन्तिम समयमा ५ अंकसम्मको गिरावट पछि सुधारिएर १.६७ अंकको गिरावटमा बन्द भएको हो ।

योसँगै बजार परिसुचक नेप्से १९७०.६२ अंकमा अडिएको छ । २१९ कम्पनीका १८ लाख १ हजार २७३ कित्ता सेयरहरु १३ हजार ३०९ पटक किनबेच हुँदा ६९ करोड ८८ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा सेयर मूल्य बढ्ने तथा घट्ने कम्पनीहरुको संख्या औसतमा उस्तै देखिएको छ ।

यद्यपी समुहगत आधारमा भने जलविद्युत, अन्य र लघुवित्तका सूचक मात्र बढेका छन् भने बाँकी सबै उपसमुहमा गिरावट आएको छ ।

बजारका अधिकांश सूचकहरु ओरालो लाग्दै गर्दा कारोबार योग्य सेयरको मापन गर्ने फ्लोट इण्डेक्स भने ०.०२ अंकले उकालो लागेको छ ।

बजार ओरालो लाग्दै गर्दा समग्र पूँजीकरण २८ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।