निर्माण क्षेत्रमा अमेरिकाद्वारा लगाइएको प्रतिबन्धप्रति इरानद्वारा विरोध

0
Shares

अमेरिकाले इरानी निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धप्रति इरानको विदेश मन्त्रालयले शनिबार विरोध जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “अमेरिकाले इरानको निर्माण क्षेत्रमा लगाएको प्रतिबन्धले वासिङ्टनको ‘कमजोरी र असफलता’ को सङ्केत गर्दछ ।” 

मौसवीले भने, “दुर्भाग्यवस अमेरिकी कुटनीतिले मध्यस्थतामार्फत् आफ्नो क्षमता देखाउनुभन्दा हस्तक्षेप र आर्थिक आतङ्कमा विश्वास गर्न थालेको छ ।”

प्रवक्ता मौसवीले भने, “इरान सन्दर्भमा असफलताको कारक बनेका एकपछि अर्को प्रतिबन्धको नीतिलाई अमेरिकाले त्याग्नुपर्छ र सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रले इरानसँग गरेको आणविक सम्झौतालाई पुनः कार्यान्वयनमा ल्याउनुपर्छ ।”

अमेरिकाले गत बिहीबार इरानको निर्माण क्षेत्रमा प्रतिवन्धको घोषणा गरेको थियो । इरानको ‘स्लामिक रिभोलुसनरी गार्ड’ लाई आतङ्कवादी समूह बताउँदै आएको छ । उक्त समूहको निर्माण क्षेत्रमा प्रभाव रहेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नयाँ प्रतिवन्धको घोषणा गरेका हुन।