यी हुने यो साता कमाउने र गुमाउने शीर्ष पाँच कम्पनी

0
Shares

सेयर बजार यो साता ५२ अंक घटेर १९७० दशमलव ६२ बिन्दुमा झरेको छ । आइतबार २०२२.६२ बिन्दुमा कारोबार खुलेको नेप्से २.५७ प्रतिशत घटेर १९७०.६२ अंकमा झरेको हो ।

नेप्से घटेपछि केही कम्पनीको मूल्य मात्र बढेको छ । पाँचमध्ये तीन कम्पनीको मूल्य एक पतिशतभन्दा कम छ । यो साता सामुदायिक लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.१८ प्रतिशतले बढेको छ । अघिल्लो साता १४३९.२० रहेको कम्पनीको मूल्य बढेर १४८५ रुपैयाँ पुगेको छ ।

यसैगरी सनराइज बैंकको सेयरमूल्य १.५१ रुपैयाँ बढेर २०९ रुपैयाँ, नेपाल टेलिकमको ०.९२ प्रतिशत बढेर ९१२ रुपैयाँ, ओरियन्टल होटलको ०.७४ प्रतिशत बढेर ४७४ रुपैयाँ र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ०.४१ प्रतिशत बढेर ४६४.९० रुपैयाँ पुगेको छ ।

उता यो साता कारोबारमा आएकामध्ये यो साता रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै १४.२७ प्रतिशत घटेर ८९५ रुपैयाँमा झरेको छ । आइतबार १०४४ मा कारोबार खुलेको उक्त कम्पनीको मूल्य १४९ रुपैयाँ घटेको हो ।

यस्तै स्वेतगंगा हाइड्रोपावरको मूल्य १२.५१ प्रतिशतले घटेको छ । आइतबार ३१९ मा कारोबार खुलेको कम्पनीको भाउ ३९.९० रुपैयाँ घटेर २७९.१० रुपैयाँमा झरेको छ ।

यसैगरी अपर सोलु हाइड्रोइलोक्टिकको सेयरमूल्य १०.३५ प्रतिशत घटेर ३४९ रुपैयाँमा झर्दा बरुण हाइड्रोपावरको सेयरमूल्य पनि ९.७५ प्रतिशत घटेर २५० रुपैयाँमा झरेको छ । सामलिङ्ग पावरका कम्पनीका सेयर लगानीकर्ताले पनि यो साता ९.११ प्रतिशतले गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५०६.१० रुपैयाँबाट घटेर ४६० रुपैयाँमा कारोबार बन्द भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।