सुनको मूल्य आइतबार तोलामा ६०० रुपैयाँ बढ्यो

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पर्दा आइतबार भाउ तोलामा ६०० रुपैयाँले महङ्गिएको छ ।

यसअघि शुक्रबार, बिहीबार र बुधबार सुनको भाउ १ हजार ७०० रुपैयाँले भाउ घटेको थियो । यसदिन चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि लागि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार १०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन शुक्रबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँ र तेजावी ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले चाँदीको भाउ आइतबार १ हजार ११० रुपैयाँ निर्धारण गरेको जनाएको छ । अघिल्लो दिन शुक्रबार ५ रुपैयाँ बढेर १ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७१२ डलर तथा चाँदी प्रतिऔंस १८.०६ डलर हाराहारीमा कारोबार भैरहेका छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।