हिमालयन बैंक ‘एक्सिलेन्स इन पिओएस एक्वायरिङ्ग विजनेश २०२२’ अवार्डबाट सम्मानित

0
Shares

बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पिओएस एक्वायरिङ्ग विजनेश २०२२ अवार्ड प्राप्त गरेको छ ।

हिमालयन बैंक विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जिसिबी, मास्टरकार्ड, युनियनपे एवं भिसा स्विार गर्ने एकमात्र बैंक हो।

भिसा द्वारा आयोजित एक समारोहका विच डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी हुन । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ।

हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ।

विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पिओएस तथा ई कमर्श गेटवे मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको छ।

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्द भई कार्ड एक्वायरिङ विजनेश गरिरहेका मर्चेन्ट शुभेच्छुक एवं ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र डिनरस डिस्कभर ब्राण्डको स्विकार्य थप गरिने व्यहोरा बैंकले जानकारी गराएको छ ।

हाल बैंकको १५३ वटा एटिएम, ५५ सय भन्दा बढि पिओएस तथा करिब ७०० इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।