सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए सुयोग श्रेष्ठ

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल ४ वर्षका थप गरेको छ । श्रेष्ठले यहि भदौ १९ गतेबाट थप ४ वर्षका लागि नयाँ कार्यकालको सुभारम्म गरेका छन ।

भाद्र ५ गते वसेको संचालक समितिको २९८ औं वैठकले सुयोग श्रेष्ठको कार्यकाल थप्ने निर्णय गरेको थियो।

साथैं बैंकका ग्राहकको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट सांग्रिला कस्टमर केयर सुभारम्भ गरेको छ । जसबाट ग्राहकको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।