सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ९३ हजार ६ सय रुपैयाँ थियो ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ कायम भएकोमा सोमबार ५ रुपैयाँले बढेर ११ सय १५ रुपैयाँ कायम भएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया