समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स सञ्चालनको लागि व्यवस्थापकको खोजीमा राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स सञ्चालनको लागि व्यवस्थापकको खोजी गरेको छ ।

राष्ट्र बैंकले उक्त फाइनान्स सञ्चालनको लागि व्यवस्थापन समूह गठनको निम्ति दरखास्त आह्वान गरेको हाे ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै दुई जना व्यबस्थापन समिति सदस्यको दरखास्त माग गरेको हो । उक्त व्यवस्थापन समितिका लागि एक जना संयोजक र एक जना सदस्य पदका लागि दरखास्त आह्वान गरिएको छ ।

नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सलाई २०६८ बैशाख महिनाको वित्तीय विवरणको आधारमा संस्थालाई संकटग्रस्त घोषणा गरिएको थियो । संस्थाको पुँजीकोष ऋणात्मक हुनुको साथै वित्तीय स्थिति थप कमजोर हुँदै गएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार  ११ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।