निःशुल्क आश्वा सेवा दिने बैंक थपिँदै, सिद्धार्थ बैंक थपिएसँगै संख्या ७ पुग्यो

0
Shares

सिद्धार्थ बैंकबाट पनि अब निःशुल्क सेयर भर्न सकिने भएको छ । सिद्धार्थ बैंक थपिएसँगै ७ वाणिज्य बैंकबाट शुल्क बिना नै आईपीओ सेयरमा आवेदन गर्न सकिने भएको हो ।

अन्य बैंकले जस्तै सिद्धार्थ बैंकले पनि आईपीओ भर्दा आस्वा शुल्क नलिने घोषणा गरेको हो ।

बैंकको यो घोषणासँगै लगानीकर्ताले बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्दैन । बैंकले यसअघि भने आश्वा शुल्क वापत प्रति आवेदन १० रुपैयाँ लिँदै आएको थियो ।

अन्य ६ वाणिज्य बैंकहरु यस अघिबाटै नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले निःशुल्क सेयर भर्ने सुविधा दिँदै आएका छन् । नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशियाले पहिलेबाटै निःशुल्क सेवा दिँदै आएको भएपनि अन्य बै.कले भने भदौपछि निशुल्क गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डको भदौ ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सि–आश्वाको नाममा बैंकहरुले उच्च शुल्क असुली गरेको भन्दै अधिकतम ५ रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

सी–आस्वा सेवाको शुल्क उच्च रुपमा घटेपछि बैंकहरु निःशुल्क सेवाको बाटोमा पुगेका हुन् । एकपछि अर्को गर्दै निशुल्क गर्न थालेपछि बाँकी शुल्क लिने बैंकलाई पनि सो सेवा निःशुल्क बनाउन दबाब परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।