भारतीय कम्पनी उडिसा इन्डस्ट्रिजको दबाबमा सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालि २४ वर्षदेखि बन्द हुँदा उद्योगबाट रोजगारी पाएका ३ हजारभन्दा बढीको रोजगारी गुमेको छ ।
विश्व बजारमा ओरियन्ट म्याग्नेसाइटको उच्च माग हुँदाहुँदै पनि उडिसा इन्डस्ट्रिजको दबाबमा विसं २०५५ बाट उद्योग बन्द भएको स्थानीय बताउँछन् । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा ३ हजारभन्दा बढीको रोजगारी गुमेको हो । सुनकोसी गाउँपालिका–५ का युवराज बस्नेतले उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले मासिक ३ देखि ४ हजारसम्म कमाउने गरेको बताए ।

बन्द म्याग्नेसाइट उद्योग सञ्चालनमा नआउँदा उद्योगरमा रहेका करोडाैं मूल्यको पाटपुर्जा समेत चोरी भएर हराएका छन् । पटक–पटक सञ्चालनमा ल्याउने हल्ला चले पनि हालसम्म पनि उद्योग सञ्चालनमा आउन सकेको छैन । जसले करोडाैं मूल्य बराबरको उद्योगको सामान कवाडीका रुपमा थन्किएको र पाटपुर्जा चोरी भइसकेको जनाइएको छ ।
भारत र बंगलादेशमा म्याग्नेसाइटको माग भएपछि नेपालमा रहेको म्याग्नेसाइटको उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले भारतीय उडिसा इन्ड्रस्टिज, खेतान समूह, निजी क्षेत्र र नेपाल सरकारको संयुक्त पहलमा विसं २०३६ सालमा ३ अर्ब ५९ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको थियो ।
नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति कार्यक्रममा समेटेको थियो । प्रदेश सरकारले बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भिक पहल गरेको थियो । प्रदेश सरकारका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न २० लाख बजेट विनियोजन गरेका थिए ।
उनले भने, “बजेट व्यवस्था गरिएको भए पनि उद्योग सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष हो ।”–रासस
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया