‘यामाहा फेस्टिभ ह्याट्रिक’ अफर, बाइक वा स्कुटर किन्दा ६ हजार जित्ने मौका

0
Shares

यमाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक बृहत्तर योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ग्राहकहरूलाई लक्षित गर्दै उक्त योजना सार्वजनिक गरिएको हो ।

यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत ग्राहकले यामाहाको कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ६ हजार रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । योजना यामाहाको कुनै पनि बाइक र स्कुटरको खरिदमा लागू हुनेछ ।

यस्तै, ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत हरेक दिन तीन जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टीभी जित्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, उक्त योजनाअन्तर्गत अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका निम्ति कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार छठसम्म लागू हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुनेछ ।

कम्पनीका अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन्न चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहनुपर्ने छैन । सीमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा नै सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।