बैंकिङ प्रणालीमा २० अर्बको तरलता प्रवाह गर्दै राष्ट्र बैंक 


नेपाल राष्ट्रले वित्तीय प्रणालीमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । केन्द्रीय बैंकले वित्तीय क्षेत्रको तरलता अवस्था सहज बनाउन रिपो मार्फत तरलता प्रवाह गर्ने भएको हो । 

पछिल्लो समयमा बैंक वित्तीय संस्थामा तरलता अभावको समस्या जटिल बन्दै गएको छ । बैंकहरूले तरलता व्यवस्थापनका लागि स्थायी तरलता सुविधा उच्च दरमा प्रयोग गर्दै आएका छन ।  केन्द्रीय बैंकले भदौ २३ गते, बिहीबार १४ दिने अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल मार्फत जारी गर्ने भएको हो ।

असोज ६ गते परिपक्क हुने उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूले बिहीबार दिउँसो २ बजेसम्म बिडिङ मार्फत लगानी गर्न पाउनेछन् । केन्द्रीय बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । रिपो जारी गर्दा बैंकहरूले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।