धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.१३ अङ्कले ओरालो लागेर १ हजार ९३७ दशमलव ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अङ्कले ओरालो लागेर ३७६ दशमलव ८४ मा सीमित भएको छ ।
कूल २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता सेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६०० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने ६ उपसमूहको सेयर मूल्य उकालो लागेको छ ।
नेप्सेका अनुसार बैंकिङ ४.०६, व्यापार १७.५९, उत्पादन १३, अन्य १८.८५, लघुवित्त १.५५, जीवन बीमा २४.८२, नागरिक लगानी कोष ०.१३ अङ्कले ओरालो लागेको छ । यस्तै होटल तथा पर्यटन १०.९७, विकास बैंक ३७.१३, जलविद्युत १३.७८, वित्त २२.२० र निर्जीवन बीमा १.७१ र लगानी ०.०२ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार ५०१ बराबर रहेको छ । नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १३ करोड १० लाख ४५ हजार ३६५ रुपैयाँ बराबरको सेयर कारोबार भयो । रिडी पावर कम्पनी ४ करोड ४४ लाख ८१ हजार ४१९, नबिल बैंक ३ करोड ३५ लाख ५ हजार ६७८, प्राइम बैंक २ करोड ९३ लाख १० हजार ७५४ रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स २ करोड ७८ लाख ८४ हजार ९९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त ४.४९, मल्टीपर्पस फाइनान्स कम्पनी ४.०९, ग्लोबल आइएमई बैंकको ऋणपत्र ३.९७, छ्याङदी हाइड्रोपावर ३.९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन् ।
यस्तै, सामुदायिक लघुवित्त ६.४९, अप्पर हेवाखोला ५.५६, प्राइम बैंकको ऋणपत्र ४.६०, एनएमबी हाइब्रिड फण्ड एक ३.६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया