सगरमाथा र माईखोला हाइड्रोपावरले ७५ करोडको आईपीओ जारी गर्ने

0
Shares

सगरमाथा हाइड्रोपावर लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनीले ७५ करोड ९ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएका छन् ।

दुबै कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्ने भएका हुन् । आईपीओ निष्कासन गर्नका लागि दुई कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छुट्टाछुट्टै निवेदन दिएका छन् । 

बोर्डका अनुसार सगरमाथा हाइड्रोपावरले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग गरेको छ । कम्पनीले भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । धितोपत्र निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यसैगरी माईखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको अंकित मूल्य १०० रुपेयाँ दरका १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्नका अनुमाति मागेको छ । कम्पनीले भदौ २२ गते सेबोनमा निवेदन दिएको हो । यस कम्पनीको पनि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड नै रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।