.png)
प्रभु बैंकको एक लाख बढी कित्ता संस्थापक सेयरको बिक्री शुक्रबार भदौ २४ गते शुक्रबारदेखि खुला गरिएको छ ।
बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीका लागि बैंकले निवेदन दिएपछि बैंकले उक्त सेयरको बिक्री खुला गरेको हो ।
बैंकका अनुसार बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ कित्ता तथा श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका थिए ।
उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयरको भाउ प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकिएको छ । यसअनुसार प्रतिस्पर्धी मूल्यमा खरिद आवेदन दिन सकिनेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् । सो समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरीदको निवेदन नआएमा वा सबै सेयर बिक्री नभएको खण्डमा भने प्रचलित कानुन बमोजिम दोस्रो चरणमा बैंकले अन्य सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया