मधेश प्रदेशमा क्रियाशिल बिभिन्न अभियानकर्ताहरुका तथा संघ संस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि मधेश प्रदेश सरकार लाई सुझाव–पत्र पेश गरेका छन् ।

प्रदेशमा क्रियाशिल बिभिन्न अभियानकर्ताहरुको टोलिले मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृश्णकुमार मिश्रलाई सुझाव पत्र पेश गरेको हो । उक्त सुझाव पत्रमा सुरक्षित यात्राको अधिकारको लगाएतका बिषयहरु समेटिएका छन् ।
हरेक दिन सडक दुर्घटनाबाट करीव एक दर्जन मानिसको मृत्यु र सयौं मानिस घाईते तथा अंगभंग भई जिवन गुजार्नु परेकोले सडक सुरक्षाका उपायहरुको खोजि र तिनको कार्यान्वयनका लागि सुझाव दिईएको अभियानकर्ता मध्येका नासा नेपालका गोविन्द भट्टराईले बताए ।
उनले भने–‘हामीले सचिव ज्यू मार्फत सुझाव पत्र पेश गरेका छौं । उनले सडक सुरक्षाको विषय गम्भिर रहेको र सुझावका लागि धन्यवाद दिए ।” अभियानकर्ता भट्टराईले यस्तो सुझाव सबै प्रदेश सरकारलाई वुझाइएको बताए ।
सुझाव पत्रमा नेशनल रोडसेफ्टी एक्सन प्लान समावेश गर्ने गरी प्रदेशस्तरीय रोडसेफ्टी एक्सन प्लान बनाउने तथा तथा सडक सुरक्षा अभियान्ता तथा विज्ञहरु, संचार क्षेत्र, उपभोक्ता हित संरक्षण, दुर्घटना पीडित, पेशागत र ब्यबसायी संगठन तथा सम्वन्धित सरोकारवालाहरु समेतलाई समेटेर प्रदेश सडक सुरक्षा काउन्सिल (परिषद्) गठन गर्ने सुझाव दिईएको छ ।
त्यसैगरी बालबालिका, व्हीलचेयर र सेतो छडी प्रयोगकर्तालाई आरक्षण सहितको पूर्वाधार तथा साइकलयात्रु र पैदल यात्रुको लागि सुरक्षित आवागमनको ग्यारेन्टी गर्ने पूर्वाधार निर्माण सडकहरुको वर्गीकरण अनुसार अधिकतम गति सीमा (स्पीड लिमिट) सम्वन्धी ऐन, मोवाइल प्रयोगमा प्रतिवन्ध तथा मापसे रोकथामको स्पष्ट कानुनी व्यवस्था जस्ता बिषयहरु समेटीएका छन् ।
सुझाव पत्र बुझ्दै मधेश प्रदेशका सचिव मिश्रले संघ संस्थाहरुबाट आएका सुझावहरुलाई सकरात्मक रुपमा लिइएको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया