झापामा राहदानीबाट वर्षमा आठ करोड ६५ लाख राजस्व

0
Shares

झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।

सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताउनुभयो । आव २०७७/७८ मा छ हजार १८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व तीन करोड ३५ लाख ३६ हजार, आव २०७६/७७ मा तीन करोड ८९ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो । उनका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् ।

त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ भाद्र २०७९, शनिबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।