प्रतिनिधि सभाको बैठक स्थगित,भदौ २९ गते आह्वान

0
Shares

प्रतिनिधि सभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए । “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ” सूचनामा उल्लेख छ ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।