एनआरएनका खेलाडीलाई राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदैछ: मन्त्री अथक

0
Shares

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताएका छन् ।

शुक्रबारदेखि काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताएका हुन् ।

विविध कारणले विदेशी भुमिका रहेका नेपालीहरुबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाईचारा कायम गर्न प्रयास भईरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताए ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडि बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गरे ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ भाद्र २०७९, शनिबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।