एभरेष्ट बैंकको भिसा कार्ड नयाँ स्वरुपमा, छुट पनि पाइने

0
Shares

एभरेष्ट बैंकले नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश ल्याएको छ ।

बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै, बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोबार गर्न सकिनेछ ।

बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जनाकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।