खप्तड लघुवित्तको आईपीओ अधिकतम ३०३ रुपैयाँसम्म खुल्ने

0
Shares

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सर्वाजनिक निष्काशन ( आईपीओ) अधिकतम ३०३.२७ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ ।

लघुवित्त कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ्ग रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो ।

लघुवित्तको संस्थाको आर्थिक वर्ष २०७७।७८ को वास्तविका प्रतिसेयर नेटवर्थ (लेखापरिक्षण भएको वित्तीय विवरण) का आधारमा लघुवित्तको वार्षिक प्रतिसेयर नेटवर्थ १०१.०९ रूपैयाँ रहेको छ ।

यसअनुसार लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १०१.०७ देखि अधिकतम ३०३.२७ रुपैयाँसम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउनेछ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।

कम्पनीको आईपीओ भदौ २० गते बाँडफाँड भएको थियो । जसमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम १२ हजार ३४० जना आवेदकले १० (१० कित्ताका दरले आईपीओ हात पारेका थिए ।

आईपीओ खरिका लागि १८ लाख ८३ हजार ११८ जना आवेदकहरुबाट आवेदन परेकोमा १८ लाख ७० हजार ७७८ जनाको हात खाली भएको थियो । सि–आश्वाबाट अस्वीकृत भएका सहित १ लाख ४४ वटा आवेदन रद्द गरिएको छ । ती आवेदन रितपूर्वक आवेदन नपरेका कारण अयोग्य साबित गरी बाँडफाँडमा सहभागि गराइएको थिएन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २५ भाद्र २०७९, शनिबार  १८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।