
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सोमबार भएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँडमा १८ लाख १ हजार ८९२ आवेदकको हात खाली भएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाए ।
श्रृजनशील लघुवित्तको आईपीओमा १८ लाख बढीको हात खाली
लघुवित्तको आईपीओ नतिजा प्रकाशन भएपछि यी चार स्थानहरुबाट हेर्न सकिन्छ । जसमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओको नतिजा हेर्नका लागि नै सञ्चालनमा ल्याएको वेवसाइट, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेवसाइट, सिडीएससीको मेरो सेयरको वेवसाइटमा आईपीओ भरेको एप्लीकेसन रिर्पोट र निष्कासनकर्ता कम्पनी श्रृजनशील लघुवित्तको वेवसाइटबाट नतिजा हेर्न सकिन्छ ।
१. सिडीएससीको आईपीओ नतिजा हेर्ने वेवसाइट
२. बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेवसाइट
३. मेरो सेयरको एप्लीकेशन रिर्पोट
४. श्रृजनशील लघुवित्तको वेवसाइट
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया