श्रृजनशील लघुवित्तको आईपीओमा १८ लाख बढीको हात खाली

0
Shares

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रराम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा  १८ लाख १ हजार ८९२ आवेदकको हात खाली भएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सोमबार बिहान धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएका हुन् ।

आईपीओमा कुल १८ लाख ३८ हजार ७५१ वटा आवेदन परेकोमा १ हजार ३१५ आवेदन रद्द भयो भने १८ लाख ३७ हजार ४३६ आवेदनलाई बाँडफाँडमा सहभागि गराइएको थियो । सदर आवेदकमध्ये पनि १८ लाख ५७७ जनाले सेयर पाएनन् ।

कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन परेकोमा १५ हजार ७० कित्ता बदर भई १ करोड ९९ लाख ५७ हजार ६१० कित्ताको मागलाई बाँडफाँडमा सहभागि गराइएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीले कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ५ हजार ४७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।