सेयर बजार मापक सूचक नेप्से लगातार ६ कारोबार दिन घट्दा सूचक ६४.५५ अंकले घटेको छ । भाद्र २० देखि घट्न थालेको बजारमा
साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।
सोमबार १३.५४ अंकको गिरावटसँगै सूचक १९१२.७४ बिन्दुमा झरेको छ । यसदिन २२५ कम्पनीका २६ लाख १३ हजार ५४० कित्ता सेयर २० हजार ५५८ वटा संख्यामा ८३ करोड १६ लाख ३ हजार ६५१ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै उपसमुहगत सूचक घटेका छन् । हाइड्रोपावर, फाइनान्स र अन्यको सूचक १ प्रतिशत बढी घटेका छन् भने म्युचुअल फण्ड ०.१२ प्रतिशतले बढेको छ ।
सोमबार युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.१७ प्रतिशतले बढेको छ । सनराइज डिबेञ्चर २०८० र बोर्टलर्स नेपाल तराईको सेयरमूल्य पनि २ प्रतिशतले बढेको छ । उता आजको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको मूल्य सर्वाधिक ९.५८ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त ५.८७ प्रतिशत, अपर हेवाखोला जलविद्युत कम्पनी ४.१५ प्रतिशत, दोर्दीखोला जलविद्युत ३.७५ प्रतिशत र माउन्टेन इनर्जीको सेयरमूल्य ३.७५ प्रतिशतले घटेको छ ।
यसदिन नबिल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाखको सेयर कारोबार भएको छ । रिडी पावर २ करोड ७९ लाख, हिमालयन डिष्टिलरी २ करोड ५६ लाख, अपि पावर २ करोड २७ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५ लाखको सेयर कारोबार भयो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया