एससिटीको दमदार दसैँ धमाका थ्री डी अफर, ३३.३३% सम्म छुट

0
Shares

नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३% सम्म क्यास्ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

हाल सम्म पनि एससिटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्ने पनि जनाएको छ ।

साथै एससिटी–यूपीआई डेबिट कार्ड मार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकले पनि यो अफर मार्फत १२ सय रुपैयाँ सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन ।

त्यस्तै १५ सय रुपैयाँ बराबरको पोस कारोबारमा ५ सय र ३ हजारको कारोबार मा एक हजार क्यास्ब्याक प्राप्त गर्न सकिने जनाएको छ।

यो अफर मार्फत सबै एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताहरुले ३३.३३% सम्मको क्यास्ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।