सानिमा इक्वीटी फण्डले २८ करोड ६० लाख प्रतिफल वितरण गर्ने

0
Shares

सानिमा इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/७९ को कमाइबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

फण्डले २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

हाल सानिमा इक्वीटी फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ। यसअनुसार योजनाले २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश इकाइधनीहरुलाई दिने छ ।

उक्त योजनाले आव २०७७/७८ बाट इकाईधनीलाई ३३ प्रतिशत प्रतिफल वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा फण्डको लाभांश १० प्रतिशतले घटेको हो ।

सानिमा इक्वीटी फण्ड सानिमा क्यापिटल व्यवस्थापनमा सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित योजना हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।