‘नमस्ते पे’द्वारा फेस्टिभ क्याम्पेनको सुरुवात, यस्ता छन् छुट र अफर

0
Shares

नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्व लाइ समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।

अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले जति धेरै कारेबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टू वालेट ट्रान्सफर र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् ।

त्यसैगरी, नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार रूपैयाँ क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निःशुल्क पाउनेछन् ।

दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टू वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले शतप्रतिशत क्यासब्याक पाउनेछन् । त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा दश प्रतिशत ब्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ ।

साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताए ।

नमस्ते पे नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।