ब्याजदरमा गरिएको भद्र सहमतिलाई खुला छोड्न नयाँ सहमति

0
Shares

बैंकरहरुले निक्षेपमा दिने ब्याजदरको भद्र सहमतिलाई खुला छोड्न नयाँ भद्र सहमति गरेका छन् । उनीहरुले ब्याजदरमा भद्र सहमती गरे पनि कार्यसमिति भित्रकै बैंकरहरुले पालना नगरेपछि खुला छोड्ने निर्णय गरेका हुन ।

बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा ११.०३ प्रतिशत भन्दा धेरै ब्याजदर नदिने यसअघिको भद्र सहमतिलाई खुला छोड्ने निर्णय गरेको माछापुच्छ्रे बैंकका प्रमूख कार्यकारी अधिकृत सन्तोस कोइरालाले बताए । संघको बिहीबार सम्पन्न कार्याकारी समितिको बैठकले भद्र सहमतिलाई निरन्तरता नदिने निर्णय गरेको उनले जानकारी दिए ।

बैंकिङ प्रणालीमा स्रोत अभाव बढ्दै गएपछि बैंकहरुले निक्षेप तान्नका लागि ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि केन्द्रीय बैंकको अनौपचारिक सुझावमा बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेको थिए । पछिल्लो समयमा भद्र सहमती गरेको भएपनि बैंकहरुले पालना नगरेपछि खुला छोडिएको बैंकहरुको भनाई छ ।

अघिल्लो वर्ष उच्च आयातका कारण बैंकिङ प्रणालीमा स्रोत भन्दा पनि कर्जा धेरै भयो । उच्च कर्जा गएसंगै वित्तीय प्रणालीमा कर्जा लगानी योग्य रकमको अभाव चर्किन थाल्यो ।

बैंकहरुले कर्जा लगानी योग्य रकम अभाव भएपछि ऋण प्रबाहलाई नै रोक्नु परेको थियो । त्यसपछि बैंकहरु एक संस्थाको निक्षेप ब्याजदर बढाएर खोस्ने अस्वस्थ प्रतिस्पर्धामा उत्रिए । त्यसपछि नेपाल राष्ट्र बैंकको आग्रहमा ब्याजदर नियन्त्रण गर्न बैंकर संघले निक्षेपमा दिने ब्याजदरको माथिल्लो सीमा कायम गरेर २०७८ फागुनमा पुन भद्र सहमती गरेका थिए ।

यसभन्दा अघिपनि बैंकरहरुले २०७७ असार ३० गते भद्र सहमतीलाई खुला छोडेको थिए । कोरोना महामारी सुरु भएसंगै बैंकिङ क्षेत्रमा तरलता बढेपछि कर्जाको ब्याजदर घटाउने भन्दै बैंकरहरुले भद्र सहमतीलाई खुला गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।