जेफ बेजोसलाईपछि पार्दै गौतम अडानी बने विश्वको दोस्रो ठूलो धनी

0
Shares

भारतीय मूलका गौतम अडानी संसारका धनी व्यक्तिहरुको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

फोब्र्स रियल टाइम्सले सार्वजनिक गरेको विश्व धनाढ्यहरुको सूचीमा अडानीले फ्रेन्च टाइकन बर्नाड आरनल्ट र अमेजनका संस्थापक जेफ बेजोसलाईपछि पार्दै दोस्रो धनी व्यक्ति भएका हुन् ।

संसारको धनाढ्य व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक एलन मक्स रहेका छन् । मक्सको कुल नेटवर्थ २७२.७ बिलियन अमेरिकी डलर रहेको छ भने अडानी ग्रुपका अध्यक्ष अडानीको नेटवर्थ १५५.५ बिलियन अमेरिकी डलर रहेको छ ।

विश्वका धनाढ्यहरुको शीर्ष १० को सूचीमा बर्नाड आरनल्ट, जेफ बेजोस, बिल गेट्स, ल्यारी एलिसन, वारेन बफेट, ल्यारी पेच, सरगे ब्रिन, मुकेश अम्बानी रहेका छन् ।

फेसन ब्रान्ड लुई भुटनका प्रमुख कार्यकारी अधिकृत बर्नाड आरनल्टलाईपछि पार्दै अडानी दोस्रो स्थानमा स्थापित भएका हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।