नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन माग गरेको छ ।
बोर्डले आज असोज २ गते आइतबार एक सूचना जारी गर्दै नयाँ एक्सचेन्जको लागि आवेदन माग गरेको हो । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ धितोपत्र बजार सञ्चालन नियामवली, २०६३ एवं धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका २०७९ मा उल्लेख भए बमोजिम आवेदन खुला गरेको हो ।
धितोपत्र बजार सञ्चालन गर्न योग्यता पुगेका संस्थाले असोज २ देखि ४५ दिन भित्र बोर्डमा निवेदन दिन सक्नेछन् ।
यसअघि नयाँ स्टक एक्सचेञ्ज ल्याउनका लागि नै बोर्डले ३ अर्ब चुक्ता पुँजी कायम गरेरसकिने गरि नियमावली संसोधन गरेको थियो । नयाँ स्टक एक्सचेञ्जमा निजी संगठित संस्थाहरुले पनि लगानी गर्न सक्नेछन् । जसमा एउटा संस्थाले बढीमा १५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् भने सञ्चालनको दुई वर्षभित्र सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया