सेबोनले फेरि खुलायो कमोडिटी एक्सचेञ्जको लाइसेन्स, दुईटाले अनुमति पाउने

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कमोडिटी एक्सेन्जको पुनः आवेदन खुला गरेको छ । बोर्डले २ वटा कमोडिटी एक्सचेञ्जलाई लाइसेन्स दिन आवेदन मागेको हो ।

बोर्डले आसोज २ गते आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै ४५ दिन भित्र रितपूर्वक आवेदन दिन भनेको छ । वस्तु विनियम बजारसम्बन्धी नियमावली २०७४ र वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम कमोडिटी एक्सेन्जको लागि आवेदन माग गरिएको छ ।

सेबोनले यसअघि कमोडिटी एक्सचेञ्जका लागि आवेदन मागेको थियो । तर यसअघिका आवेदन स्वतः रद्ध गरी पुनः आवेदन मागिएको छ । कमोटिडी एक्सेन्जको लागि यसअघि आवेदन दिएका कम्पनीहरुले पनि पुनः वस्तु विनियम बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एंव प्रक्रियासम्बन्धी निर्देशिका, २०७८ बमोजिम आवेदन दिनुपर्ने बोर्डले जनाएको छ । पहिले नै आवेदन दिएकाहरुलाई भने आवेदन दस्तुर भने लाग्ने छैन ।

धितोपत्र बोर्डले विसं २०७४ माघ ९ गतेदेखि वस्तु विनिमय बजार सम्बन्धी ऐन लागू गरेको थियो । ऐन लागू भएसँगै बोर्डले कमोडिटी एक्चेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीहरुबाट आवेदन माग गरेको थियो । कमोडिटी एक्सचेन्ज अनुमतिका लागि पहिलो पटकको अवेदन रद्द गरेर २०७५ वैशाख ११ मा २ महिनाको समय तोकेर पुनः आवेदन मागिएको थियो । धितोपत्र बोर्डका अनुसार पहिलो पटक ५ कम्पनीबाट आवेदन आएकामा दोस्रो पटक ६ वटा कम्पनीको आवेदन परेको थियो । हाल बोर्डले पुनः निर्देशिका जारी गरेर आवेदन खुला गरेको हो ।

सेबोनले विगत लामो समयदेखि कमोडिटी एक्चेन्जलाई लाइसेन्स दिने भनिए पनि त्यसले पूर्णता पाउन सकेको अवस्था छैन । तर अहिले भने ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको एक साथ आवेदन माग गरिएकाल अब भने लाइसेन्स पाउने देखिन्छ । रितपूर्वक प्राप्त भएका आवेदनहरु मध्येबाट बोर्डले २ वटा कम्पनीलाई कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।