साओमीको मोबाइल फोनहरुमा ३ हजार रुपैयाँसम्म छुट

0
Shares

नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमित अवधि को लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ।

नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

यसबारेमा बोल्दै साओमी नेपालका कन्ट्रिजेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ।’

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट१२ सिरिजमा ३००० सम्म को कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन्। यो अफर सीमित अवधिको लागि असोज २ गतेदेखि १७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।