हाम्रो पात्रो रेमिटको डिजिटल रेमिटेन्स एनपीएस मार्फत

0
Shares

हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच एनपीएसको प्राविधिक सदस्यको रुपमा जोडिई नेपाल भित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानीहरु गर्न सम्झौता गरेको छ ।

सम्झौता पत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात हाम्रो पात्रो रेमिटको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गरी रेमिटले स्वचालित रुपमा भुक्तानी कारोबारहरु गर्न सक्नेछन् ।

हाम्रो पात्रो रेमिटको सेटल्मेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको छ र यस व्यवस्था अनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरु सोझै लाभग्राहीको बैंक खातामा जम्मा गरिनेछ र चाँडै नै अन्य विभिन्न उपकरणहरू मार्फत पनि उक्तसेवा उपलब्ध गरिने जनाइएको छ ।

हाम्रो पात्रो रेमिट नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त पूर्णतः डिजिटल रेमिटेन्स कम्पनी हो । हाल यसका सेवा अमेरिका बाट नेपालमा गरिने रेमिटेन्ससञ्चालनमा रहेको छ भने चाँडै अन्य देशहरुमा पनि सेवा विस्तार गरिने छ ।

हाम्रो पात्रो नेपालको सबैभन्दा बढी डाउनलोड गरिएको एप हो र विदेशमा रहेका नेपालीहरूले व्यापक रूपमा प्रयोग गर्दै आएका छन् । हाम्रो पात्रोको विस्तारित सेवाको रूपमा हाम्रो पात्रो रेमिटको यस सेवाले लाभग्राहीहरूको खातामा छिटो भन्दा छिटो रकम जम्मा गर्नुका साथै नेपाल भित्रको डिजिटल रेमिटेन्सको कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई , नेशनल पेमेन्ट स्वीचको अंगको रुपमा रहेको छ । यस मार्फत रियल टाइम भुक्तानी तथा नन्–रियल टाइम भुक्तानीका विभिन्न भुक्तानी प्रणालीहरुको प्रयोग गर्न सकिन्छ ।

यसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु र ७३ भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । हाल १३ वटा रेमिटेन्स कम्पनीहरूले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरू मार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरुको प्रयोग गरी रेमिटेन्स सम्बन्धी कारोबारहरु गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।