नेपाल टेलिकमले सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको इ–सिम मंगलबारदेखि थप केन्द्रहरुबाट वितरण गर्ने भएको छ ।
टेलिकमले भोलिदेखि कम्पनीको नक्शाल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालय र ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि इ–सिम वितरण गर्ने भएको हो ।
इ–सिमका लागि यथेष्ट संख्या मौज्दात रहेको कम्पनीले जनाएको छ । ग्राहकको रुचि र मागलाई मध्यनजर गर्दै भदौ ३१ गतेदेखि हालसम्म दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क इ–सिम वितरण गरिरहेको छ ।
फिजिकल सिम प्रयोग गरिरहेका ग्राहकहरूले पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क इ–सिममा परिवर्तन गर्न सक्नेछन् । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइने र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र चल्छ इ–सिम
हाल भौतिक रुपममा सिम प्रगोग गरिरहेका ग्राहकहरुले इ–सिममा परिवर्तन गर्नुअघि सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने–नचल्ने यकिन गरेर मात्र इ(सिमका लागि केन्द्रमा जान नेपाल टेलिकमले अनुरोध गरेको छ ।
क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ । मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोड मार्फत स्क्यान गर्नुपर्छ ।
कुन-कुन मोडलका मोबाइलमा चल्छ ई-सिम ? तपाईँको मोबाइलमा के गर्छ ?
यसका लागि आफ्नो मोबाइलबाट ८३ण्ट३ डायल गरेर थाहा पाउन सक्छन् । यसरी डायल गर्दा इआइडी लेखिएको संकेत सहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्छ भने त्यस्तो नदिेखिए चल्दैन भनेर यकिन गर्न सकिन्छ ।
आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि इ–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा एड मोबाइल प्लान वा एड डाटा प्लान देखियो भने पनि त्यसमा सामान्यतः इ–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया