फाइनान्सहरुले साउनमा कमाए १५ करोड नाफा, चार कम्पनी नोक्सानीमा

0
Shares

चालु आर्थिक वर्ष २०७९।८० को पहिलो महिना अर्थात साउनमा मुलुकमा सञ्चालित १७ फाइनान्स कम्पनीहरुमध्ये १३ कम्पनीहरुले १४ करोड ९४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएका छन् । यस अवधिमा तीन फाइनान्सहरु क्यापिटल मर्चेन्ट, प्रोगेशिभ फाइनान्स, समृद्धि र नेपाल फाइनान्स नोक्सानीमा रहेका छन् । चार फाइनान्सको नोक्सानी २ करोड ९२ लाख १० हजार छ ।

अघिल्लो आवको साउनमा १४ फाइनान्सहरुले १६ करोड ४१ लाख ७८ हजार रुपैयाँ नाफा कमाएका थिए । सो वर्षमा क्यापिटल मर्चेन्ट, प्रोगेशिभ फाइनान्स र समृद्धि नोक्सानीमा रहेका थिए । तीन फाइनान्सको नोक्सानी ६४ लाख २ हजार थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७९ साउनमा गुडविल फाइनानसले सर्वाधिक ५ करोड ९५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ३ करोड ५६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएकोमा ६६.८५ प्रतिशतले नाफा वृद्धि भएको हो ।

दोस्रो ठूलो नाफा कमाएको फाइनान्स सेन्ट्रलले २ करोड ८७ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको साउनमा ७७ लाख ८६ हजार नाफा कमाएकोमा फाइनान्सको नाफा २६९ प्रतिशत नाफा बढेको हो । साउनमा पोखरा फाइनान्सले ३०१ प्रतिशतले नाफा वृद्धि गर्दै १ करोड ३५ लाख ९२ हजार रुपैयाँ कमाएको छ ।

यस्तै साउनमा आईसीएफसी फाइनान्सले १ करोड २२ लाख ७ हजार र गोर्खाज फाइनान्सले १ करोड १५ लाख ३४ हजार नाफा कमाएको छ । जानकी फाइनान्सले ६६ लाख ६५ हजार र ४० लाख ९ हजार, बेष्ट फाइनान्स ३४ लाख ७० हजार, नेपाल सेयर मार्केट कम्पनीले १३ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । रिलायन्स फाइनान्सको नाफा साउनमा ७ लाख २९ हजार, मल्टिपर्पस फाइनान्स ५ लाख ९३ हजार र मञ्जुश्री फाइनान्सले जम्मा १६ हजार नाफा कमाएको छ ।

समीक्षा अवधिमा क्यापिटल मर्चेन्टले ५ लाख ३० हजार, प्रोगेशिभ फाइनान्स ६१ लाख ५० हजार र नेपाल फाइनान्स १ करोड ७ लाख नोक्सानीमा रहँदा समृद्धि फाइनान्सुले सर्वाधिक १ करोड १८ लाख ३० हजार रुपैयाँ घाटा ब्यहोरेको छ ।

समीक्षा अवधिमा अघिल्लो साउनको तुलनाा यो साउनमा गुहेश्वरी मर्चेन्टको नाफा सर्वाधिक ८३६ प्रतिशतले बढेको छ । पोखरा फाइनान्सको नाफा ३०१ प्रतिशत, सेन्ट्रल फाइनान्स २६९, नेपाल सेयर मार्केट १९४, गुडविल फाइनान्स करिब ६७ र जानकी फाइनान्सको नाफा साउनमा साढे २३ प्रतिशतले बढेको छ ।

यो साउनमा ११ फाइनान्सको नाफा अघिल्लो आवको साउनको तुलनामा घटेको छ । बेष्ट फाइनान्सको ४६.७३ प्रतिशत, श्री इन्भेष्ट ५२.९३, आईसीएफसी फाइनान्स ५५.३०, गोर्खाज फाइनान्स ५६.८०, मल्टिपपर्स ८०.४४, रिलायन्स ९५.३४, मञ्जुश्री फाइनान्स ९९.८६, क्यापिटल मर्चेन्ट १६६, नेपाल फाइनान्स २८५, प्रोगेशिभ फाइनान्स २८५ र समृद्धि फाइनान्सको नाफा २०७८ साउनको तुलनामा २०७९ साउनमा ५६५ प्रतिशतले घटेको हो ।

Finance Profit in Shrawan (Amount in Thousand)
Name Shrawan  2079 Shrawan 2078 Change%
Goodwill          59,507.50      35,665.29                    66.85
Central          28,746.32        7,786.74                  269.17
Pokhara          13,592.95        3,385.56                  301.50
ICFC          12,207.18      27,309.75                  -55.30
Gurkhas          11,534.78      26,701.13                  -56.80
Shree Invest            7,016.51      14,906.44                 -52.93
Janaki            6,665.21        5,394.02                    23.57
Guheshowori            4,009.55           428.00                  836.81
Best            3,470.00        6,514.00                  -46.73
Nepal Share Market            1,346.08           456.78                  194.69
Reliance               729.59      15,641.59                  -95.34
Multi Purpose               593.63        3,034.52                  -80.44
Manjushree                 15.98      11,182.49                  -99.86
Capital Merchant              -530.00           -804.00                -165.92
Progressive           -6,150.00        –2,360.00                -360.59
Nepal Finance         -10,700.00        5,772.41                -285.36
Samriddhi         -11,830.00        -3,238.41               -465.30

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।